प्याङमा २७ जनाले लिए अपाङ्‍गता परिचय पत्र

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई ६ प्याङमा २७ जनाले लिए अपाङ्गगता परिचय पत्र लिएका छन् । बिहिबार वडा नं ६ को कार्यालयमा संचालित परिचय पत्र वितरण कार्यक्रममा २७ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको हो ।

परिचय पत्र लिएका मध्ये एक जनालाई पूर्ण अपाङ्गगता (क वर्गको रातो) परिचय पत्र, १० जनालाई अति अशक्त अपाङ्गगता (ख वर्गको निलो) परिचय पत्र, ९ जनालाई मध्यम अपाङ्गता (ग वर्गको पहेँलो) परिचय पत्र र ७ जनालाई सामान्य अपाङ्गता (घ वर्गको सेतो) परिचय पत्र वितरण गरिएको वडा कार्यालय श्रोतले जनाएको छ ।

कार्यक्रम माइजोगमाई गाउँपालिका वडा नं ६ का अध्यक्ष भवानी प्रसाद लिङदमको अध्यक्षता तथा तथा माइजोगमाई गाउँपालिकाका उपाध्यक्ष तथा गाउँपालिका स्तरिय अपाङ्गगता समन्वय समितिकी संयोजक सावित्रा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

माइजोगमाई गाउँपालिकाले अपाङ्गगता भएका व्यक्तिलाई राज्यले प्रदान गर्ने सेवा सुविधामा सहज पहुँच पु¥याउने उद्धेश्यले सवै वडामा पुगेर अपाङ्गगता परिचय पत्र वितरण गरिरहेको छ ।

जस अन्तर्गत गत वैशाख १७ गते १ नम्बर वडा नयाँबजारमा ३९ जनालाई , २२ गते २ नम्बर वडा जोगमाईमा ३७ जनालाई र २४ गते ५ नम्बरवडा सोयाङमा ५१ जनालाई परिचय पत्र वितरण गरिसकेको छ भने आगामी ५ गते ४ नम्बर वडा र ६ गते ३ नम्बर वडा नामसालिङ्गमा परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार