महिलाका लागि आयोजित ४५ दिने मोवाइल मर्मत तालिम सकियो (भिडियो सहित)

  नयाँ बुलन्द  202 पटक हेरिएको

इलाम : महिलाहरुका लागि इलाममा आयोजित ४५ दिने मोवाइल मर्मत तालिम विहीबार सकिएको छ ।

इलाम नगरपालिकाको सहयोगमा सृजनशील महिला समाज इलाम नगरपालिका ७ को आयोजनामा संचालित तालिममा १२ जना महिलाहरु सहभागी छन् । सदरमुकामस्थित शेर्पा साइवर एण्ड ट्रेनिङ सेन्टरमा संचालित तालिमका सहभागीहरुलाई ट्रेनिङ सेन्टरका प्रशिक्षक संजीव राईले प्रशिक्षण दिएका थिए ।

‘स्वरोजगार सृजना गरी आर्थिक विकास गरौं’ भन्ने नाराका साथ सृजनशील महिला समाजले  यसपटक १२ जना महिलालाई मोबाइल मर्मत तालिम प्रदान गरेको आयोजक सृजनशील महिला समाजले जनाएको छ ।

तालिम समापनका अवसरमा उत्कृष्ठ प्रशिक्षार्थी सृजनशील महिला समाजले पुरस्कृत समेत गरेको थियो । त्यस्तै तालिममा निरन्तर उपस्थित भई अनुशासित प्रशिक्षार्थी मोनिका राई र सुजता राईलाई शेर्पा साइबर एण्ड ट्रेनिङ सेन्टरका संचालन लाप्साङ शेर्पाले पुरस्कृत गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले महिलाका लागि आयोजित मोवाइल मर्मत तालिम प्रभावकारी बनेको प्रतिक्रया दिएका थिए । तालिमबाट महिलाहरुलाई पनि प्रबिधीको क्षेत्रमा अगाडि बड्दै स्वरोजगार स्वरोजगार बन्न टेवा पुग्ने विश्वाश गरका थिए ।

आयोजक सृजनशील महिला समाजका अध्यक्ष तारा गुरुङको अध्यक्षतामा भएको तालिमको समापन जिल्ला समन्वय समिति इलामका उपप्रुमख चित्रकला बराइलीको विशेष आतिथ्यतामा भएको थियो ।

यसरी तालिम लिदैं महिलाहरु, भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार