नापी विभागद्वारा स्थानीय तहलाई भूउपयोग नक्शा, प्रतिवेदन र तथ्याङ्क हस्तान्तरण (भिडियो सहित)

  नयाँ बुलन्द  105 पटक हेरिएको

इलाम : नापी विभागअन्तर्गत स्थलरुप नापी तथा भू-उपयोग ब्यवस्थापन महाशाखाले भू-उपयोग नक्शा, प्रतिवेदन र डिजिटल तथ्याङ्क इलामका स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा महाशाखाले आफूले तयार गरेको भू-उपयोग नक्शा, प्रतिवेदन र डिजिटल तथ्याङ्क तहलाई हस्तान्तरण गरेको हो ।

२ वर्षमा तयार गरेको प्रतिवेदनमा भूमिको स्वरुप, उपयोगिता, क्षेत्र लगायत तथ्याङ्क र नक्शा रहेको महाशाखाले जनाएको छ । नक्शाबाट भूमिमा जल, जङ्गल, सिमसार, चट्टान जस्ता कुराले ओगटिएको भाग कति छ भन्ने कुरा र कुन स्थानको भूमिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन सकिने पनि कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालसिहत इलामका सबै तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत र इन्जिनियरहरुको सहभागिता थियो । इलाममा ४ नगरपालिका र ६ गाउँपालिका छन् ।

भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार