सातखाल्डेको आयाव्यय सार्वजनिक, हेर्नुहोस् विवरण

इलाम : गत फागुनमा इलाम नगरपालिका १ सा“खेजुङमा सम्पन्न सातखाल्डे स्मृति गोल्डकपको आयव्यय सार्वजनिक गरिएको छ ।

नेपाल तरुण दल क्षेत्र नं. ३ इलामद्वारा प्रजातन्त्र दिवसको अवसरमा फागुन १ देखि ७ गते सम्म सञ्चालित प्रतियोगितामा ६ लाख ९६ हजार रुपैयाँ खर्च भएको थियो । प्रतियोगिता सञ्चालनकालागि विभिन्न प्रायोजक र दाताहरुमार्फत ७ लाख १० हजार रुपैयाँ संकलन भएको आयोजक समितिका अध्यक्ष मोहन गुरुङले जानकारी दिए ।

साँखेजुङको नेपालटारमा आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको हिसाव किताव सार्वजनिक गरिएको हो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले प्रतियोगिता सञ्चालनकालागि सहयोग पुर्याउने व्यक्ति र संस्थालाई सम्मानसमेत गरिएको थियो ।

प्रतियोगिता पुरस्कार वापत १ लाख ५७ हजार रुपैया“ खर्च भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार