अखिल (क्रान्तिकारी) का सचिवलाई निलम्बन नगरेको स्पष्टोक्ति

  नयाँ बुलन्द  226 पटक हेरिएको

इलाम : अखिल (क्रान्तिकारी) जिल्ला समिति इलामले आफ्नै निर्णयको विरुद्धमा अर्को निर्णय सार्वजनिक गरेको छ ।

केही दिन अगाडि जिल्ला सचिव बिपन तुम्रोकलाई निलम्बन गरेको घोषणा गरेको अखिल (क्रान्तिकारी) ले पुन: अर्को विज्ञप्ति निकालेर निलम्बन नगरेको जनाएको छ । केही दिन नबित्दै अखिल (क्रान्तिकारी) इलामले आफैंले गरेको निर्णयको विरुद्धमा अर्को निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष विपिन पोख्रेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा संगठनको आन्तरिक जिवनलाई व्यवस्थित बनाउन सचिव तुम्रोकको कार्यशैलीको बारेमा संगठनभित्र बहस र छलफल मात्रै भएको उल्लेख गरिएको छ ।

“सचिव बिपन तुम्रोकलाई निलम्बन गरिएको कुरा छलफल र बहसमा मात्रै उठेको स्पष्ट पार्न चाहन्छौं । विज्ञप्तिमा लेखिएको छ “अखिल (क्रान्तिकारी सधैं एकतामा रहेर संघर्षको मैदानमा रहने र गुट उपगुटमा विभाजित भएको भनेर आएको बिषयको खण्डन यसै विज्ञप्तिमार्फत गरेको जानकारी गरिन्छ ।”

दोस्रो निर्णय गल्तीको प्रायश्चित कि दबाव ?

सात सदस्यीय पदाधिकारी र २७ सदस्यीय कार्य समितिरहेको अखिल (क्रान्तिकारी) मा अध्यक्षसहित ३ जना पदाधिकारीले निलम्बन निर्णय गरेर सचिवलाई निलम्बन गरिएको समाचार नयाँ बुलन्द डटकममा सार्वजनिक भएको थियो ।

पदाधिकारी वा कमिटी कहिँपनि सामन्य बहुमत नभई गरेको निर्णय अवैधानिक देखिएको थियो । एकातिर त्यही गल्तीको प्रायश्चित गर्न दोस्रो निर्णय र विज्ञप्ति आएको देखिन्छ । अर्कातिर पार्टी र संगठनको एकता प्रक्रिया नटुङ्गिएको अवस्थामा चौतर्फी दवाबका कारणले पनि संगठन आफैले गरेको निर्णयको विरुद्धमा उभिनुपर्ने बाध्यता भएको देखिन्छ ।

पछिल्लो घटनाक्रमले आश्चार्यचकित

यता अखिल (क्रान्तिकारी) का सचिव विपन तुम्रोक संगठनमा पछिल्लो दिनमा भएको घटनाक्रमबाट आफू आश्चार्यचकित भएको बताउँछन् । संगठनमा नियमित रुमपा बहस, छलफल र अन्तरकृया हुने कुरामा कमि आएकोबाट केही अन्तरविरोध सिर्जना भएको भन्दै उनले यसबारे नेतृत्वमा हुने सबैले आत्मसमिक्षा गर्नुपर्ने बताए ।

“२४ घण्टाको स्पष्टीकरण सोधियो, स्पष्टीकरण दिएँ” उनले भने, “लगत्तै निलम्बनको पत्र आयो, यो सबै घटनाले अचम्मित भएँ । जे भएनि नेतृत्वले निर्णय सच्यएको छ, यो सहि भएको छ ।” संगठनमा कुनै अन्तरविरोध सिर्जना नहुने गरि काममा लागिपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार