फाल्गुनन्द गाउँपालिकाको केन्द्रमा तनाव

  नयाँ बुलन्द  98 पटक हेरिएको

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको केन्द्र सार्ने निर्णय बिरुद्ध स्थानीयले आन्दोलन थाले पछि कार्य प्रभावित भएको छ ।

उँपालिकाका सबै निर्वाचित प्रतिनिधिहरुको पस्थितिमा सम्पन्न गाउँसभाले केन्द्र सोही गाउँपालिकाको याम्बाबुङ र कोल्बुङ बिचमा सार्ने निर्णय गरेको थियो । सो निर्णय आफुहरुको भावना बिपरित भएको भन्दै हालको केन्द्र रहेको घुर्बिसे पञ्चमीका स्थानीयले आन्दोलन थालेका हुन ।

आन्दोलन अन्तरगत स्थानीयले गाउँपालिकाका सबै सरकारी कार्यालय बन्द गरिएको छ । सरकारी कर्मचारीको आभास गृहमा समेत ताला लगाइएका कारण कर्मचारी बाहिरै भएका छन ।

पञ्चमीबाट केन्द्र सरे बजार बिस्थापन हुने सहितका कारण देखाउँदै स्थानीयले केन्द्र सार्न नहुने बताइरहेका छन । हामी केन्द्र स्थापना गर्न लामो समय सम्म लड्यौ । स्थानीय तेजु चेम्जोङले भने–गाउँ सभाको पछिल्लो निर्णयले हामीलाई आन्याय भएको छ ।

जनप्रतिनिधिले गाउँ सभा बाट निर्णय गरिसकेको अवस्थामा आन्दोलन सुरु भएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अनिल तिखत्रीले बताए । उनले भने– जनप्रतिनिधि र स्थानीय बिचमा समन्वय गराउने बिषयमा काम गरिरहेका छौ । क्वाटरमा समेत ताला लगाइएका कारण केही समस्या भने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार