चुलाचुली : धार्मिक तथा पर्यटन स्थल रहेको मैनाचुलीमा राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङदेनको माङहिम उद्घाटन भएको छ ।
चुलाचुली गाउँपालिका १ नम्बर वडा कार्यालय को ९ लाख रूपैयाँको लागतमा निर्मित माङहिमको प्रदेश सांसद धिरेन शर्माले गरे ।
कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई, वडा नम्ब १ का अध्यक्ष पुर्ण लावती, ३ का अध्यक्ष नरबहादुर लावती, ४ का अध्यक्ष कालिदास भट्टराई र नेपाली कांग्रेसका नेता राजेन्द्र केरूङ समेतको उपस्थित्ती थियो ।
स्थानीय धर्मगुरु तथा पुजारीसहित सम्पूर्ण अतिथिहरू जोरपोखरीबाट आधा घण्टाको पैदल उकालो हिंडेर कार्यक्रम स्थल पुगेका थिए ।
इलामको माई नगरपालिको दक्षिणी र झापाको शिवसताक्षी नगरपालिकाको उत्तरी सिमानामा रहेको मैनाचुली धार्मिक स्थल शिवसताक्षीबाट झण्डै डेढ घण्टा उकाली पैदल हिंडेपछि यस थुम्का पुग्न सकिन्छ । मैनाचुली समुद्री सतहदेखि ६ सय मिटर उचाइमा रहेका पहाडी थुम्का हो । विवस बलिभद्र कोइरालाले संचालन गरेको कार्यक्रम पृथ्वी राईको अध्यक्षतामा भएको थियो ।