“बक्वास कुरा नगर्नुस्” भन्दै अन्तर्वाताकारले उपप्रधानमन्त्री यादवलाई कार्यक्रमबाट निकालेपछि …! (हेर्नुस् भिडियो)

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : एभिन्युज खबर नामक एक टेलिभिजन च्यानलले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई एक कार्यक्रममा बोलाएर अपमान गरेका छन् । यद्यपि उक्त च्यानलले भने आफ्नो प्रश्नको जवाफ् नदिएर उल्टै मन्त्री यादवले माइक फाल्दै निस्केको दावी गरेका छन् ।

भिडियो संजाल युट्युबमा उक्त भिडियो अपलोड गर्दै एभिन्युज खबरले लेखेका छन् “प्रश्नको सामना गर्न नसकेपछि उपप्रधानमन्त्री उपेन्द्र यादव माइक फाल्दै यसरी बाहिरिए स्टुडियोबाट” ।

जवकी उक्त भिडियो हेर्दा टेलिभिजनका एंकर सुशील पाण्डेले निकै अषिष्ट भाषामा मन्त्रीसँग कुराकानी गरिरहेको सोझै देख्न सकिन्छ । पाण्डेले आफ्नो गल्ती ढाकछोप गर्न खाली कुर्सीमा एक्लै बोलिरहेको देखिन्छ ।

नवगठित समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले यसबारे कुनै औपचारिक प्रतिक्रिया भने दिएका छैनन् ।

हेर्नुस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार