पश्चिम नेपालमा मध्यराती भूकम्पको धक्का

  नयाँ बुलन्द  76 पटक हेरिएको

banner

काठमाडौं : पश्चिम नेपालमा मध्य राती भूकम्पको धक्का महशुस गरिएको छ । दैलेख, सुर्खेतमा भूकम्पको धक्का महशुस गरिएको सुर्खेत र दैलेखबाट सामाजिक सञ्जालमा सन्देशहरु दिइएको छ ।

राती १२ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको दैलेख बजारका मनोज थापाले आफ्नो फेसबुकमा लेखेका छन् । नेपाली काँग्रेस दैलेखका सभापति भूपेन्द्र शाहीले पनि दैलेखमा भूकम्पको धक्का महशुस भएको जनाएका छन् ।

उता सुर्खेतमा रहेका एकजना फेसबुक प्रयोगकर्ता खेमराज खड्का काजीेले जनाएका छन् ।
उता सुर्खेतमा रहेका एकजना फेसबुक प्रयोगकर्ता खेमराज खड्का काजीेले जनाएका छन् । भूकम्प मापन केन्द्रले दैलेख केन्द्रविन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार