गण्डकी प्रदेश र विमान ट्रेडर्स फाइनलमा

  नयाँ बुलन्द  128 पटक हेरिएको

इलाम : इलाममा जारी आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगितामा गण्डकी प्रदेश भलिवल टीम र विमान ट्रेडर्स विर्तामोड फाइनलमा प्रवेस गरेका छन् ।

शनिबार  भएको सेमिफाइनलमा प्रतिष्पर्धीलाई पाखा लगाउँदै गण्डकी र विमान उपाधि नजिक पुगेका हुन् ।

पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशले ताप्लेजुङ भलिवल संघलाई एक सेट गुमाउदै पराजित गर्यो । गण्डकीले २५-१६, २५-१६, २०-२५ र २५-१९ अंकले ताप्लेजुङलाई पराजित गरेको थियो । खेलको म्यान अफ दी म्याच गण्डकी प्रदेशका संजु विक्रम शाह भए ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा विमान ट्रेडर्स विर्तामोडले नवचेतना भलिवल क्लव बरबोटेलाई एक सेट गुमाउदै पराजित गरेको थियो । विमान ट्रेडर्सले २०-२५, २५-२० २५-२२ र २५-२१  अंकले पराजित गरेको हो । खेलको म्यान अफ दी म्याच विमान ट्रेडर्सका  चन्दन करार  घोषित भए । उत्कृष्ट स्ट्राइकर बरबोटेका  विशाल ठकूरी भएका छन् ।

प्रतियोगिताको फाइनल आइतबार इलामको ठूलो टुँडिखेलमा हुने आयोजक जिल्ला भलिवल संघ इलामले जनाएको छ ।

देशभरका ८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले १ लाख ५१ हजार रुपैया“ जित्ने छन् । उप विजेताले ८१ हजार रुपैया“ प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार