समाजवादी विद्यार्थी फोरम इलामको भित्तेपात्रो सार्वजनिक

  नयाँ बुलन्द  152 पटक हेरिएको

इलाम : समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरम नेपाल जिल्ला समिति इलामकव  वार्षिक भित्तेपात्रो २०७६ (क्यालेण्डर) सार्वजनिक भएको छ ।

शनिबार समाजवादी पार्टी इलामको कार्यालयमा आयोजित कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

प्रमुख अतिथि समाजवादी पार्टी नेपाल इलामका उपाध्यक्ष बखतबहादुर आङदेम्बे, जिल्ला सचिव यामप्रसाद लिम्बू, संघीय प्रेस फोरम प्रदेश १ का उपाध्यक्ष राम योङहाङले संयुक्त रुपमा सार्वजनिक गरे ।

कार्यक्रमका वक्ताहरुले विद्यार्थीमाझ पुग्न नयाँ कामको सुरुआत भएको भन्दै विद्यार्थीहरुको हक अधिकारका लागि निरन्तर क्रियाशील समाजवादी विद्यार्थी फोरम इलामलाई शुभकामना दिएका थिए । कार्यक्रममा समाजवादी पार्टी नेपाल इलामका उपाध्यक्ष बखतबहादुर आङदेम्बे, जिल्ला सचिव यामप्रसाद लिम्बू, संघीय प्रेस फोरम प्रदेश १ का उपाध्यक्ष राम योङहाङ, तत्कालिन अग्रगामी विद्यार्थी युनियनका जिल्ला सिचवालय सदस्य सुरेश योङहाङले शुभकामना मन्तव्य राखेका थिए ।

समाजवादी विद्यार्थी फोरम इलामका अध्यक्ष रामकुमार लिङदमको अध्यक्षतामा भएको कार्यक्रमकव स्वागत उपाध्यक्ष पवित्रा राई र सञ्चालन सचिव शिल्पा चाम्लिङले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार