इलाम : इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा आयोजित पाँच दिवसीय उद्घोषण तालिम बुधबार सकिएको छ ।
माईजोगमाई गाउँपालिकाको सहयोगमा र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ इलामको आयोजनामा भएको तालिममा ४० बढी आदिवासी जनजाति महिलाहरुको सहभागिता थियो ।
तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष एवं नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ, रेडियो नेपालवाणी एफएमकी पत्रकार सविता पाण्डे र फोनिज इलामका उपाध्यक्ष कौशिला राईले सहजीकरण गरेका थिए ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ इलामकी अध्यक्ष मुनाकुमारी लिम्बू गोलेको अध्यक्षता तथा माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राईले सिकेका सीपलाई व्यवहारिक जीवनमा प्रयोग गर्न आग्रह गरे ।
नेपाल आदिवासी जनजाति महासंघ माईजोगमाईका सचिव डम्बर चेम्जोङले समेत सिकेका सीपलाई प्रयोग गर्न आग्रह गरे । सहभागीका तर्फबाट अप्सरा नेम्बाङले प्रतिक्रिया दिएकी थिइन् । उनले तालिम प्रभावकारी भएको बताइन् ।
कार्यक्रममा माईजोगमाई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरध्वज लिम्बू, किरात याक्थुङ चुम्लुङका अध्यक्ष तुलबहादुर राईसमेतको उपस्थिती थियो । कार्यक्रमका सहभागीहरुलाई प्रमुख अतिथी राईले प्रमाणपत्र प्रदान गरेका थिए ।
भिडियो हेर्नुहोस् :