इलाम : इलाम माईजोगमाई गाउँपालिकामा तुलबहादुर राईको अध्यक्षतामा १२ सदस्यीय किरात याक्थुङ चुम्लुङ गाउँ तदर्थ समिति गठन भएको छ ।
मंगलबार नयाँबजारमा भएको भेलाले तुलबहादुरलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा इन्द्रकुमार सम्फाहाम्फे, सचिव अप्सरा नेम्वाङ, सहसचिव ठालुमान कुरुङ्वाङ र कोषाध्यक्ष जिना थेबे चयन भएका छन् ।
सदस्यहरुमा लोकेन थेबे, रबिन सोङमी, धनबहादुर चेम्जोङ, उमादेवी लिम्बू, दिलिप एक्तेन, धन लक्ष्मी लिम्बू, सुजन सिङ्घक र कुबिरसिङ चेम्जोङ रहेका छ्न ।
जेष्ठ नागरिक धनबहादुर बेघाको अध्यक्ष र किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाको अध्यक्ष गायत्री थेगिमको प्रमुख आथित्यमा भएको कार्यक्रममा जिल्ला शाखा कोषाध्यक्ष बुदमाया सोङ्मी र जिल्ला सदस्य चम्पासिङ ताम्लिङ समेतकव उपस्थिती थियो ।
तदर्थ समितिले ६ महिनाभित्र प्रथम अधिवेसन गर्नुपर्ने छ ।