फोनिजका अध्यक्ष गुरुङलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं : नेपाल सरकार, संचार तथा सूचना मन्त्ररालयले नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङसहित आठ जना पत्रकारलाई राष्ट्रिय पत्रकारिता पुरस्कारले सम्मान गर्ने भएको छ । आज दिउसो ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आठ जना पत्रकारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ ।

मन्त्रालयलले हरेक वर्ष दुई जना पत्रकारलाई वरिष्ठ पत्रकारिता, संस्था वा व्यक्ति दुई जनासम्मलाई राष्ट्रिय पत्रकारिता पुरस्कारले सम्मान गर्दै आएको यो बर्षदेखि ६ जनालाई राष्ट्रिय पत्रकारित पुरस्कार प्रदान गर्न लागेको हो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र गुरुङको संयोजकत्वमा गठित सिफारिस समितिले आठ जना पत्रकारलाई सिफारिस गरेबमोजिम पुरस्कृत गर्ने निर्णय भएको संचार तथा सूचना प्रबिधि मन्त्रालय स्रोतले जनाएको छ ।

मेचीदेखि महाकालीसम्म र समावेशी आधारमा सिफारिस भएका पुरस्कृत हुने आठ पत्रकार मध्ये वरिष्ठ पत्रकारिता पुरस्कारबाट बद्रीबिनोद प्रतिक र तीर्थ कोइराला सम्मानित हुँदैछन् । त्यस्तै राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुमा नेपालश्री मल्टिमिडिया प्रा.लि.का अध्यक्ष एवं नागरिक खबर डटकमका प्रधान सम्पादक डण्ड गुरुङ, उमिद वागचन्द महाकाली, माधब बिद्रोही मेची, निर्मला शर्मा, माला कर्ण र खिलबहादुर भण्डारी रहेका छन् ।

पुरस्कृत हुने वरिष्ठ पत्रकारले रु २ लाख नगद र प्रमाण पत्र, राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने ६ जनाले जनही एकर एक लाखका दरले नगद पुरस्कार प्रमाण पत्र पाउने छन् । पुरस्कार सिफारिस समितिमा संचार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्र गुरुङ संयोजक, सदस्यहरुमा किशोर श्रेष्ठ, गोबिन्द आचार्य, बबिता बस्नेत, महेन्द्र विष्ट र राजेश अहिराज रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार