पार्टी एकताको खुशीयालीमा फिक्कलमा समाजवादीको दिप प्रजलन

  नयाँ बुलन्द
0 Shares

इलाम : पूर्वप्रधानमन्त्री बाबुराम डा भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज औपचारिक रुपमा पार्टी एकता भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बिशेष कार्यक्रमका बिच औपचारीक रुपमा पाटी एकताको घोषणा गरेका हुन । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम मिलेर समाजबादी नेपाल बनेको हो । पार्टी एक भएको खुसीयालीमा देशैभर खुसीयाली मनाइएको छ । एकताको खुसीयालीमा दिपावली गरिएको छ ।

यसैबीच इलामको सुर्योदय नगरपालीकाको फिक्कल बजारमा पनि दिप प्रजलन गरिएको छ । नयाँ शक्ति पार्टी नेपालका अभियान्ता मानबिर लाप्चा, संघीय समाजवादी फोरम नेपाल इलामका जिल्ला सदस्य सुबास चौरासेले खुसी हुदै आगामी दिनमा जनताको अधिकारलाई सुनिश्चित गर्न समाजबादी नेपाल कहिले पछि नहट्ने बताए ।

दिप प्रजलन कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल इलाम क्षेत्र नम्बर १ का अध्यक्ष लीला बहादुर सुनुवार, सुर्योदय नगरपालीका वडा नम्बर २ का अध्यक्ष छिन्जु यल्मो त्यस्तै सोनाम यल्मो ,नयाँ शक्ति पार्टी नेपालका लक्ष्मी दाहाल लगायतका नेता कार्यकताको उपस्थिती रहेको थियो ।

घोषण पत्रमा पूर्ण समानुपातिक समाबेशी संसदीय प्रणाली अपनाउने कुरा उल्लेख गरिएको छ ।त्यसै गरी समाजवादी नेपालले संबिधान संशोधन गरेर ११ प्रदेश बनाउनु पर्ने आफ्नो मान्यता सार्बजनिक गरेको छ । दुई पाटी एक भएपछि  समाजवादी  नेपालले  समाजबादी बिचारधारा ब्यत्ति र अन्य पार्टीलाई एकतामा आउन पनि आहावान गरेको छ ।

समाजवादी  नेपालले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै  प्राप्त उपलब्धी रक्षा र बिकास गर्नलाई आफ्नो मुल्य राजनीतिक कार्यदिशा बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार