समाजवादी पार्टी, नेपालको २५ सदस्यीय पदाधिकारी घोषणा (नामावली सहित)

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएर बनेको समाजवादी पार्टी, नेपालका २५ जना पदाधिकारी घोषणा भएको छ । सोमबार आयोजित एकता कार्यक्रममा पार्टीका पदाधिकारी घोषणा गरिएको हो ।

पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । वरिष्ठ नेता अशोककुमार राई र सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

उपाध्यक्षहरूमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहेका छन् ।

यस्तै, महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् । उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् ।

पार्टिको कोषाध्यक्ष विजयकुमार यादवलाई जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार