विराटनगर : प्रदेश १ को स्थायी राजधानी विराटनगर कायम गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ ।
नेकपाले संसदीय दलको निर्णयअनुसार आज प्रस्ताव दर्ता गरेको हो ।
राजधानी विराटनगरमै राखेर कार्यपालिका, व्यवस्थापिका लगायतका अन्य संरचनाहरुको भने अन्य क्षेत्र विकास गर्ने नेकपा संसदीय दलले निर्णय गरेको हो ।
कांग्रेसको आग्रहमा बृहत विराट क्षेत्र हटाइएको र नेकपाले राखेको प्रस्तावमा नै सहमति हुने मुख्यमन्त्री शेरधन राईले बताए ।
प्रदेशको नामबारे कुनै सहमति नभएको जानकारी दिँदै उनले सभामुखसँग परामर्श गरेपछि मात्र प्रदेशसभामा प्रस्ताव ल्याउने उनले बताए ।