पाँचथर : पाँचथरको फालेलुङ गाउपालिका–८ स्थित सुर्केनागिमा स्थानियवासिको सक्रियतामा स्थानियको तथा गाउपालिकाको आर्थिक अनुदानमा वालविकास केन्द्रको स्थापना गरिएको छ ।
सो स्थानबाट वालिबालिकाहरुको लागि विद्यालयको पहुंच टाढा भएकोले वाललालिकालाई लक्षित गरेर वालविकास केन्द्र स्थापना गरिएको हो । स्थानियवासिको सक्रियतामा सोहि ठाँउबाट विदेशिएका युवाहरु र स्थानियले आर्थिक संकलन गरेर वालवालिकालाई विद्यालयको पहुंचमा पु¥याउन वालविकास केन्द्रको भवन निर्माण गरिएको वताइएको छ ।
वैदेशिक रोजगारिका लागि विभिन्न मुलुकमा पुगेको युवाहरुबाट २ लाख ५० हजार, स्थानिय व्यतिm तथा संघसँस्थाबाट ५० हजार र फालेलुङ गाउपालिकाको ५० हजार आर्थिक अनुदान लागतमा २ कोठे भवन र शौचालय निर्माण गरिएको वालविकास केन्द्र निर्माण समितीका सल्लाहकार तथा समाजसेवि यामबहादुर कुरुम्बाङले वताउनुभयो । वालविकास केन्द्रको भवन निर्माण कार्य सकिएको छ, अब पलास्टर गर्न बाँकि रहेको कुरुम्बाङको भनारुई रहेको छ । स्थानियको सक्रियतामा वाल विकास केन्द्र निर्माण भएपछि यस ठाँउका ७४ घरधुरीका वालवालिका लाभान्वित भएका छन् ।