इलाम : जिल्लाको विभिन्न क्षेत्रबाट प्रशरीले ६ जनालाई लागु औषध (ब्राउण्ड सुगर) सहित प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका ४ का २२ वर्षीय सवास लिम्बू, सप्तरीको खडक नगरपालिका १ स्याथी ठेगाना भई हाल इलामको सूर्योदय नगरपालिका-१० बस्ने २४ वर्षीय दिपेन मल्लिक, इलामको सन्दकपुर गाँपालिका-५ का २० वर्षीय बिक्रम गुरुङ, इलाम नगरपालिका-७ का ३२ वर्षीय सृजन देवान, देउमाई नगरपालिका-२ का २४ वर्षीय सुवास लिम्बू र सुर्योदय नगरपालिका १० का २० वर्षीय विशाल गुरुङ रहेका छन् ।
उनीहरुलाई जिल्ला अदालत इलामबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
साथै जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले इलाम नगरपालिकाको बिभिन्न वडाहरुबाट ११ जना लागु औषध सेवन कर्तालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
लागु औषध ओसार पसारमा संलग्न अन्य ब्यक्तिहरुको पहिचान समेत भई सकेकोले खोततलास कार्य भई रहेको प्रहरीले जनाएको छ ।