इलाम : इलाममा लागु औषध प्रयोगकर्ता बढेपछि त्यसलाई निर्मुल पार्न प्रहरीले सर्च अपरेशन चलाएर ११ जनालाई पक्राउ गरेको छ ।
लागु औषध प्रयोगकर्ता नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय इलामले तीन टोली परिचालन गरेर इलाम नगरपालिकाको विभिन्न क्षेत्रबाट ११ लागु औषध प्रयोगकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उनीहरुमाथि सोधपुछ र अनुसन्धान भइरहेकाले नाम सार्वजनिक भने हुन बाकी रहेकाे छ । इलाममा ब्यापक रुपमा लागुऔषध प्रयोगकर्ता बढेको पुष्टि भएपछि प्रहरी सर्च अभियान चलाउन बाध्य भएको हो । शनिबारबाट शुरु भएको सर्च अभियान जारी हुने प्रहरीकाे भनाइ छ।