नेपाल राष्ट्रिय कर्मचारी संगठनको तस्रो विस्तारित बैठक श्रीअन्तुमा सम्पन्न

  नयाँ बुलन्द
7 Shares

इलाम : इलामको पर्यटकीय क्षेत्र अन्तुमा नेकपा निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको तस्रो विस्तारित बैठक सम्पन्न भएको छ । संगठनले ३१ बुंदे घोषणापत्र सार्वजनिक गर्दै इलामकाे श्रीअन्तुमा बैठक सम्पन्न गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादूर रावलको अध्यक्षतामा भएको बैठकमा नेकपा केन्द्रिय सदस्य तथा इलामका प्रदेश सासंद धिरेन्द्र सर्मा रमणको समेत उपस्थित रहेको थियो । कार्यक्रममा नेकपा प्रदेश नम्बर एकका सह–इञ्चार्ज सावित्रिकुमार काफ्लेले कर्मचारीले व्यवसायीक दक्षता प्रस्तुत गर्दै सरकारका योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यस्तै नेकपा केन्द्रिय सदस्य तथा इलामका प्रदेश सासंद धिरेन्द्र सर्मा रमणले कर्मचारी भित्रको एकताले सरकार बलियो हुने र जनताले सेवा राम्रो पाउने बताए । परिवर्तनको एजेण्डामा राजनितिक दलसँगै आन्दोलन समेत गरेको कर्मचारीहरुले अब व्यवसायीक दक्षता देखाएर देश विकासमा सहयोग गर्नुपर्ने नेता सर्माको भनाइ थियो ।

बैठकमा कर्मचारीहरुले अपहेलित भएर राष्ट्रसेवक कर्मचारी बस्न नसक्ने बताउदै राजनितिक मुद्धामा राजनितिक दलहरुलाई साथ दिएको र आगामि दिनमा आर्थिक सवृद्धिको यात्रामा साथ दिने प्रतिवद्धता भएपनि समयअनुकुल तलब वृद्धि गर्नुपर्ने कर्मचारीहरुको माग रहेको थियो । ७ वटै प्रदेशका पदाधिकारी, केद्रिय समितिका पदाधिकारी, सचिवालय सदस्य र केन्दिय्र सदस्य सहभागि रहेको बैठकमा प्रदेशस्तरिय सुझाव संकलन गरिएको थियो । प्रदेशस्तरीय कर्मचारीहरुको समुहको निष्कर्ष प्रदेश नम्बर १ का अध्यक्ष रुद्र सुवेदी , २ को तर्फबाट अध्यक्ष विनोद चौधरी, ३ को तर्फबाट अध्यक्ष पुरुषोत्तम रायमाझि, गण्डकि प्रदेशको अध्यक्ष कृष्ण पौडेल, प्रदेश ५ को अध्यक्ष राजेन्द्र राना र प्रदेश ७ को अध्यक्ष चन्द्रदेव जोसि र कर्णालि प्रदेशका अध्यक्ष देवेश्वर गिरिले अब बन्ने कर्मचारीका कानुनका बारेमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।

विस्तारित बैठकमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अमरदत्त भट्ट, अम्बिका धमाला, सेरबहादूर कार्की, गणेश महर्जन, सुवनारायण यादव, खिला सर्मा घिमिरे, पोष्ट प्रसाद साहा, प्रकाशप्रसाद साहा लगायतले कर्मचारीहरुले देशको सवृद्धिमा खेल्नुपर्ने भुमिका र कर्मचारीका मागका बिषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए । बैठकमा सहभागि हुने इलामको अन्तु पुगेका सम्पूर्ण अतिथि तथा कर्मचारीहरुलाई नेपाल राष्ट्रिय कर्मचारी संठगन प्रदेश नम्बर एक समितिका अध्यक्ष रुद्र सुवेदी,उपाध्यक्ष रेवती पोखरेल सचिव संजिव राई लगायतको टोलीले खदा ओडाएर स्वागत गरेका थिए ।

कार्यक्रम कर्मचारी समायोजन गर्दा भएका त्रुटि सच्याउनुपर्ने, कर्मचारीलाई ट्रेडयुनियनको अधिकार सुनिश्चित गर्नुपर्ने, समायाअनुकुल तलबभक्ता वृद्धि गर्नुपर्ने लगायत ३१ बुंदे पेशागत मुद्धाहरु पारित गर्दै बैठक सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार