माइजोगमाईमा उद्धघोषण तालिम सुरु

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाइ गाउँपालिका १ नयाँबजारमा पाँच दिने उद्धघोषण तालिम सुरु भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद इलामको आयोजना तथा माइजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा शनिबारबाट सो तालिम सुरु भएको हो ।

महिलाहरु विभिन्न सभा, समारोह तथा समाजमा आफ्ना कुराहरु खुलेर राख्न नसकिरहेको अवस्थामा महिलाहरुको नेतृत्व सीप र क्षमताको विकास गरी सबल र सक्षम महिला बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । तालिममा ३५ जना आदिवासी जनजाति समुदायकामहिलाहरुको सहभागिता रहेको छ ।

आगामी २५ बैशाख सम्म संचालन हुने सो तालिमलाई रेडियो नेपालकी इलाम संवाददाता सविता पाण्डे, र सौर्य राष्ट्रिय दैनिकका इलाम संवाददाता तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङ्हाङले सहजिकरण गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार