ससफो र नयाँ शक्तिबीच पार्टी एकता : समाजवादी पार्टी, नेपाल घोषणा हुँदै

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : संघीय समाजवादी फोरम (ससफो) नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

ससफोका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आज (शनिबार) सहमति पत्रमा हस्ताक्षर गरेका छन् । दुवै पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल रहने छ ।

पार्टी एकताको घोषणासभा वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा हुनेछ ।

‘विगत केही समयदेखिको व्यापक छलफल र विचार विमर्शपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण गरी समाजवादी पार्टी नेपाल पार्टी निर्माण गर्ने ऐतिहासिक सहमति भएको छ’ सहमतिपत्रमा भनिएको छ ।

समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्री असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने सहमतिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार