काठमाडौं : सरकारले आगामी २०७६/ ०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
यसअघि प्रि- बजेट छलफलपछि नीति तथा कार्यक्रम आउने गरेको थियो। तर यसपटकदेखि पहिला नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
संघीय संसदका सदस्यले मतदान गरेर निर्वाचित भए पनि राष्ट्रपति वर्षमा एक पटकमात्र संघीय संसदमा उपस्थित हुने प्रचलन छ। नीति तथा कार्यक्रम राष्ट्रपतिले पेश गर्ने परम्परा छ।
नयाँ संविधानसँगै सरकारले आफ्ना गतिविधिको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरेको छ।
पूर्णपाठ यस्तो छ :