चुलाचुली (इलाम) : इलामको चुलाचुली गाउँपालिका ४ स्थित बालज्योती माध्यमिक विद्यालयमा सेप्टी प्याट सहितको सुरक्षित महिला शौचालय उद्घाटन गरिएको छ ।
बालज्योति साथी-साथी क्लवले आयोजना गरेकव कार्यक्रममा वडाअध्यक्ष कालिदास भट्टराईले रिवन काटेर सुरक्षित महिला शौचालयको उद्घाटन गरे ।
चुलाचुली गाउँपालिकाको शैक्षिक संस्थामध्ये पहिलोपटक बालज्योतिबाटै सुरक्षित महिला शौचालय संचालनमा ल्याएको जानकारी गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेतिप्रकाश राईले भने, ‘सुरक्षित महिला शौचालय ब्रिटि्स गोर्खा संस्थाको सहयोगमा ३ लाख बराबरको लगानीमा निमार्ण भएको हो । प्राविधिक समस्याको कारण संचालनमा ल्याउन ढिलाइ भएको थियो ।’
विद्यालय समयमा रजस्वाला भएको अवस्थामा विदा मागेर घर जानूपर्ने समस्यालाई सहज बनाउन र छात्राहरूका लागि अप्ठ्यारो पर्ने अवस्थामा सुविधाको लागि सेप्टी प्याट सहितको सुरक्षित महिला शौचालय संचालनमा ल्याउन पाउँदा क्लवका संचिवले खुसी व्यक्त गरेकी छिन् ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कालिदास भट्टराईले, आगामी आर्थिक वर्षबाट विद्यालयलाई बजेट विनियोजन गरेर कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा प्रधानाध्यापक उपेन्द्र क्षेत्री, शिक्षक अभिभावक संघका सदस्य खगेन्द्र पौड्याल लगायतको उपस्थिति थियो ।
त्यसैगरि कार्यक्रममा विद्यालयका भूतपूर्व विद्यार्थी तथा चुलाचुली शु-सेन्टरका प्रोपाइटर छविलाल कट्टलले नर्सरी पढ्ने दुई दर्जन बढि बालबालिकालाई पुस्तक बोक्ने ब्याग वितरण गरेका छन् ।
बालज्योति साथी-साथी क्लवका अध्यक्ष रोशन लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक रूद्र गिरी प्रभातले संचालन गरेका थिए ।