काठमाडौं काठमाडौं उपत्यकामा हावाहुरी चल्न थालेको छ । बिहान करिब १० बजेदेखि काठमाडौंको मौसममा गडबडी आएको हो । काठमाडौंमा हावाहुरीसहित गड्याङगुडुङ गर्नुका साथै चट्याङ पनि परिरहेको छ । उपत्यकाको मौसम आज दिनभर नै बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजुधर प्रधानाङ्गका अनुसार पश्चिमी वायुको प्रभावका कारण शुक्रबार काठमाडौं उपत्यकासहित देशको मध्य र पूर्वी भागको मौसम बदली रहने छ । स्थानीय वायु र नेपालबाहिरको पश्चिमी वायुको प्रभावले गर्दा शुुक्रबार बिहान देशको मध्य भागका केही स्थानमा चट्याङसमेत परेको बताइएको छ ।काठमाडौंमा हावाहुरी र चट्याङ, दिनभर नै मौसम बदली रहने