शक्तिशाली समुद्री आँधी फानी नेपालमा

काठमाडौं : शक्तिशाली समुद्री आँधी फानीले नेपालमा पनि केही त्रास जन्माएको छ । भारतको तटवर्ती राज्य ओडिशामा आइपुगेको आँधीको प्रभाव नेपालमा समेत पर्ने अनुमान गरिएको छ । जसका कारण तत्काल मौसममा बदली भई बर्षात हुने तथा आँधीहुरी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गडाङ्गुडुङ सुरु: 

बङ्गालको खाडीबाट उक्त समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ । जसका कारण त्यहाँ बर्षा पनि हुन सुरु भइसकेको छ । नेपालमा पनि अहिले मौसम अध्यारो भई पानीपर्ने लक्षण देखिएको छ । अहिले एक्कासी मौसममा परिवर्तन आई आकासमा गडाङ्गुडुङ सुरु भएको छ भने हावाहुरी चल्ने संभावना पनि बढेको छ ।

भारतीय मौसम विभागका अनुसार उक्त समुन्द्री आँधी त्यहाँ भारतीय समयअनुसार बिहान आठ बजेदेखि १२ बजेभित्र ओडिशाको पुरीमा आइपुग्ने बताइएको थियो । भारतले फानीले प्रभाव पार्नसक्ने मार्गका स्थानबाट झन्डै आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको बताएको छ । उक्त समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भएका कारण त्यसको ठूलो प्रभाव भने नपर्ने देखिएको छ । यद्यपि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार