इलाम : लिम्बू याक्थुङ भाषा,लिपि तथा च्याब्रुङ अर्थात केला:ङ प्रशिक्षण सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति समन्वय समिती फाकफोक थुम गाउँपालिका इलामको आर्थिक सहयोग र किरात याक्थुङ चुम्लुङ फाकफोक थुम गाउँपालिकाको आयोजनामा फाकफोकथुम वडा नं ४ फाकफोकमा बुधबार सम्पन्न भएको हो ।
उक्त प्रशिक्षण याक्थुङ प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सागर केरुङ र केलाङ साँस्कृतिक समाजका केलाङ प्रशिक्षक जोनहाङ केरुङले गरेका थिए । भाषा, लिपि तथा केलाङ प्रशिक्षणमा जम्मा ३६ जना सहभागि रहेको नेपाल आदिवासी जनजाती समन्वय समिती फाकफोकथुम वडा नं ४ का अध्यक्ष दीपक योङहाङले जानकारी गराए ।