एन्फा एकाडेमीका लागि छनौट भएका योङहाङलाई गाउँपालिकाले १० हजार दिने

इलाम : काठमाडौंको अखिल नेपाल फूटबल संघ (एन्फा) कम्प्लेक्समा सम्पन्न १३ वर्ष मुनिका फूटबल खेलाडी छनौटमा एन्फा एकाडेमीका लागि छनौट भएका आफ्नो गाउँपालिकाका बालक चैतहाङ (नानु) याेङहाङ लिम्बू लाई माङसेबुङ गाउँपालिकाले १० हजार प्रोत्सहन सहयोग गर्ने भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका २ इभाङ पावाका रुद्र याेङहाङको छाेरा चैतहाङ (नानु) लाई  बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगोले जानकारी दिए । चैतहाङको फूटबल क्षेत्रमा प्रगति तथा उन्नतिको लागि प्रोत्साहन स्वरुप नगद सहयोग गर्ने निर्णय भएको अध्यक्ष धिङगोले जानकराी दिए ।

सदरमुकामस्थित समता शिक्षा निकेतन बाेर्डिङ स्कूलमा अध्यनरत चैतहाङ काठमाण्डाैँमा भएकाे एन्फा कम्प्लेक्स १३ वर्ष मुनिका फूटबल खेलाडी छनौटमा एन्फा एकाडेमीका लागि छनौट भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार