विराटनगर : संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रदेश १ को अध्यक्षमा प्रविन चाम्लिङ निर्वाचित भएका छन् ।
विहीबार विहान सम्पन्न प्रथम एकताको प्रदेश अधिवेशनबाट चाम्लिङ अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिष्पर्धी भुराज राईलाई १३ मत अन्तरल् पराजित गर्दै चाम्लिङ विजयी भएका हुन् । घोषित मत परिणाम अनुसार ४ सय ७ मत खसेकोमध्ये चाम्लिङले २ सय ६ मत प्राप्त गरेका थिए । चाम्लिङका प्रतिस्पर्धी राईले १ सय ९३ मत मात्र पाएका थिए ।
निर्वाचित चाम्लिङ संघीय समाजवादी फोरम नेपालका राजनीति समिति सदस्य तथा राई केन्द्रीय सदस्य हुन् । चाम्लिङ गत असोज ९ र १० गते विराटनगरमा भएको पार्टीको प्रथम भेलामा तदर्थ समितिको अध्यक्ष अर्का केन्द्रीय सदस्य भुपेन्द्र नेम्बाङसँग पराजित भएका थिए ।
अध्यक्षका तीन आकाङ्क्षीमध्ये प्रदेश तदर्थ समितिका अध्यक्ष भुपेन्द्र नेम्बाङले अन्तिममा भूराज राईलाई समर्थन गरेका थिए । नेतृत्वका लागि चाम्लिङ र राई बीच कडा स्पर्धा हुने अड्कल काटदै आएको थियो ।
यसैगरी सदस्यहरुमा अञ्जली साह, आशकुमार राई, आशा राई, उपेन्द्र लावती, उमेश थापा, उषा यादव, एबीराज आङ्देम्बे, कमन देवान, कुन्ता राई, केदार धिमाल, केवलराम राई, कृष्णबहादुर कट्वाल, गौरीमान राई, घनश्याम कट्वाल, चन्द्र मादेन, तेजमाया दुमी राई, दिपक याक्खा, दिपेश राई, दुगामणि सुवेदी, दिपक विश्वास थारु, धिरेन लावती, धिरेन्द्र रुम्दाली, नवीन राई, पदमकुमारी राई, प्रेम वनेम, बलबहादुर राई निर्वाचित भएका छन् ।
त्यस्तै बिनोद नेम्वाङ, बिशाल आङ्देम्बे, भक्तबहादुर राई, भरत याक्खा, महेशकुमार रानामगर, मात्रिका राई, मीना राई, मोति पालुङ्वा, राजकुमार यादव, राजेशकुमार इङ्वा, रीता राई, लासाङ तामाङ, लिलाबहादुर सुनुवार, लोकबहादुर सिंघक, लोकसागर साम्बा, सनबहादुर राई, सम्सतवरेज आलम, सरोज बस्नेत, सविता यादव, शान्ता तामाङ, शर्मिला आङ्देम्बे, श्याममाया राई, हस्तशोभा राई, ज्ञानकुमार परियार विजयी भएका छन् ।
चाम्लिङ र राई पक्षका मिश्रित रुपमा नै मतपरिणाम आएको छ ।
बैशाख १५ र १६ गते हुने भनिएको ससफो प्रथम राष्ट्रिय एकता अधिबेशन लम्बिएको थियो । अधिबेशनमा अध्यक्षसहित ५१ पदमध्ये ३१ पदका लागि दुई समूह बनाएर ६७ जनाले उम्मेदवारी दिएका थिए । २० सदस्यहरु सर्वसम्मत भएपछि यसअघि नै विजेता बनिसकेका थिए । अधिवेशनमा १४ वटा जिल्लाका करिब ५ सय प्रतिनिधि सहभागी भएका थिए । अधिबेशनकोे उद्घाटन पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादबले गरेका थिए ।