इलाम : नेपाल र भारतको सिमानामा लामो समय देखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समय अघिदेखि सीमामा समस्या नभए जस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ ।
भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छन् । इलामको पशुपतिनगर फाटक नजिकै रहेको पुलखोला भन्ने स्थानमा एसएसबीले दशगजाभित्रै तारबार लगाएर घेर्ने प्रयत्न गरेको थियो । नेपालतर्पmबाट स्थानीय बासिन्दा र सीमा प्रशासनको प्रयासमा तारबार लगाउन दिइएको थिएन ।
एसएसबीले दशगजाभित्रै पाल टाँगेरे र हतियार पनि सोभ्mयाएर बस्छन । स्थानीय बासिन्दाको सहयोगमा तारबार लगाउन नदिइएको भए पनि भारतीय पक्षबाट अभैm संरचना बनाउन पहल भइरहेको छ ।
सीमा प्रशासनबाट राजदुताबास हुँदै भारत सरकारलाई दशगजा क्षेत्र पर्ने भएकाले संरचना नबनाइदिन र संयुक्त नापीबाट सीमा निर्धारण भएपछि मात्र थप काम गर्न आग्रह गरिएपछि रोकिए पनि भारततर्पmबाट छिटो संरचना बनाउन प्रक्रिया मिलाइदिनु प¥यो’ भन्ने आग्रह भइरहेको छ ।
इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १०४ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १८ वटा र सहायक स्तम्भ ८६ वटा भनिए पनि पाँचवटा स्तम्भ गायब भएका छन् । ती स्तम्भहरू भरतीय पक्षबाट गायब गरिएको स्थानियको भनाई छ ।
मानेभञ्ज्याङमा नेपाल र भारत तर्पm दशगजा क्षेत्रमा घर बनिएका छन् । यस्ता समस्या सिमानाका सानातिना सबै बजारमा रहेका छन । पशुपतिनगरको फाटकमा भारतीयतर्पmबाट दशगजा क्षेत्रमा गुम्बा बनाएको छ । गुम्बा बनिन थालेपछि नेपाल तर्पmबाट पटकपटक पहल गरिएको भनिएपनि संरचना बनाएरै छाड्यो । त्यहाँ केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दश गजाभित्रै देखिएको वताइएको छ ।
छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । नापी टोलीले उक्त भाग भारततर्पm नै पर्ने भन्ने देखाएको भएपनि आधिकारिक र औपचारिक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन । त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गा पुर्जा छ ।
एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ । इलाम र भारत सिमाना सँगको लम्वाइ औषत ३८ किलो मिटर र अधिकतम ४५ किलोमिटर रहेको छ ।