देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा, कहाँ कति क्षति?

  नयाँ बुलन्द
0 Shares

काठमाडौं :   काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हावाहुरीसहित वर्षा भएको छ। स्थानीय वायु सक्रिय हुँदा र पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ।

पर्वत, गोरखा, पोखरा, चितवन, धादिङ, नुवाकोट लगायतका स्थानमा हावाहुरी सहित बर्षा भइरहेको छ। बुधबार आएको हावाहुरी बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको शक्तिशाली चक्रबात फानीको प्रभाव भने नभएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए। उनकाअनुसार स्थानीय र पश्चिमी वायु अझै केहिघण्टा सक्रिय रहने भएकाले हावाहुरी अझै आउने सम्भावना छ। बेलुका ६ बजेदेखि उपत्यकाका तीनै जिल्लामा हावाहुरीसहित वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले चक्रपात फानीका कारण पर्सी शुक्रबारपछि पूर्वी नेपालका केही स्थानमा हावाहुरी आउन सक्ने सम्भावना औंल्याएको छ। शुक्रबारबाट यो प्रणाली भारतको ओडीसा आसपास तिर मोडिने देखिएको महाशाखाले उल्लेख गरेको छ। महाशाखाले जनाएअनुसार अहिले सम्मको पुर्वानुमान अनुसार यो चक्रबात पर्सी अपराह्नपछि नेपालको पूर्वी भूभाग नजिक हुँदै उत्तर–उत्तर पूर्व जाने क्रममा धेरै कमजोर हुनेछ। मौसमविद्का अनुसार चक्रबात फानी धेरै टाढा भएकाले शुक्रबारसम्म नेपालको पूर्वी भागमा यसको प्रभाव पर्न सक्ने सम्भावना छ। तर नेपाल आइपुग्दासम्म त्यो कमजोर भइसक्ने छ।

उक्त चक्राबात नेपाल आउने सम्भावना अहिलेसम्म नदेखिए पनि नेपालको पूर्वी र मध्य हिमाली भागमा भारी हिमपात तथा प्रि–मनसुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। महाशाखाको मौसम प्रक्षेपणअनुसार आज राति देशको पश्चिमी भु–भाग लगायात मध्य र पुर्वका पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदलि रही बाँकी भू–भागमा आंसिक बदली रहनेछ। पश्चिमी भूभाग साथै पुर्बी र मध्य  पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार