चुलाचुलीका अधिकृत राईमाथि यौन दुर्व्यवहारको आरोप, न्याय नपाएको पीडितको गुनासो

न्यायिक समितिमाथि नै प्रश्‍न 

  नयाँ बुलन्द  1167 पटक हेरिएको


चुलाचुली (इलाम) : गाउँपालिका परिसरमा सयौंको संख्थामा स्थानीयको उपस्थिती र बाक्लो सुरक्षाकर्मी । गाउँपालिकाको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथ, स्थानीयलाई गाउँपालिका प्रवेशमा रोक । स्थानीयबासीको चर्को नाराबाजी र प्रहरी प्रशासनको उच्च सतर्कता ।

यो दृश्य हो मंगलबार इलामको चुलाचुली गाउँपालिका र गाउँपालिका परिसरको । चुलाचुली गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृतले स्थानीय एक किशोरीलाई यौन दुव्र्यवहार गरेको विषयमा छलफलको क्रममा त्यस्तो दृश्य देखिएको थियो । स्थानीय किशोरीले आफूमाथि प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले गत ८ वैसाखमा यौन दुव्र्यवहार गरेको भन्दै पीडितले न्यायको माग गरेकी थिइन् ।

पीडित किशोरीले स्थानीय प्रहरी, चुलाचुली गाउँपालिका र न्यायिक समितिसमक्ष अधिकृत राईलाई कारवाही गरी आफूलाई न्याय दिलाउन माग गर्दै निवेदन दिएकी थिइन् । घटनाको करिब एक सातापछि गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई र उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक निर्मला दाहालको अगुवाईमा घटनाको ढाकछोप गर्न कोसिस गरिएको भन्दै स्थानीयले विरोध गरेका थिए ।

स्थानीयले दोषीलाई कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गर्दै गाउँपालिका घेराउ गरेपछि स्थिती दनावग्रस्त बनेको थियो । तर गाउँपालिकाकै कामकाज प्रभावित हुने वहानामा गाउँपालिका अध्यक्ष प्रदिपचन्द राइले आफ्नै कर्मचारीलाई बचाउ गरेको भन्दै काम गरेका भन्दै स्थानीय जनता आक्रशित भएका थिए । उनीह?ले अधिकृत राईलाई जुत्ताको माला लगाएर बजार परिक्रमा गरी गाउँपालिकाबाट वर्खास्त गर्न माग समेत गरेका थिए ।

गाउँपालिका र न्यायिक समितिले दोषीलाई कारवाही गर्नुको साटो उल्टै पीडितपक्षलाई दवावमा राखेर घटना गुपचुप गरिएको सार्वजनिक भएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई सामान्य माफी मगाएर घटना सामसुम बनाईएको छ ।

अधिकृत राईले आफूले भूलबस गल्ती भएको भन्दै पीडितसमक्ष माफी मागेर घटनाको अन्त्य गराईएको छ । विहान ११ बजेदेखि राती ११ बजेसम्म गाउँपालिकको हलमा आफूह?लाई मात्र राखेर दिनभर मानसिक दवाव दिएर माफी मगाएर छाड्न बाध्य गराईएको पीडित पक्षको गुनासो छ ।

पीडित पक्षले आफूह?ले न्याय नपाएको र दवावमा मिल्न बाध्य बनाईएको गुनासो गरेको छ । ‘हामीलाई राजजनीतिक दल, जनप्रतिनिधि र प्रहरी प्रशासनबाट समेत मिल्न दवाव दिईयो’ पीडित भनिएकी किशारीकी दिदीले टेलिफोन सम्पर्कमा भनिन्, ‘ठूलालाई त कहाँ कारवहाी हुँदोरहेछ । सोर्सफोर्स हुनेले जे गर्दा पनि हुने रहेछ ।’

घटनाको अन्त्यका लागि भन्दै गाउँपालिका अध्यक्ष, न्यायिक समितिका संयोजकसहित जनप्रतिनिधि, राजनीतिक दल, प्रहरी प्रशासन र गाउँका अगुवा भनिएकाह?को छलफलले पीडित पक्षलाई दवावमा राखेर घटनाको अन्त्य गरेका हुन् । त्यसका लागि विहानैदेखि गाउँपालिका आएका थिए । स्थानीयको आक्रोशका कारण अधिकृत राईलाई प्रहरीले स्कटिङ नै गरेर गाउँपालिका ल्याउनुपरेको थियो । शक्ति र सत्ताको दु?पयोग गर्दै यस्ता घटनाको गुपचु गर्नु अपराधलाई प्रशय भएको टिप्पणी हुन थालेको छ ।

विहानैदेखि प्रहरीको तैनाथ

गाउँपालिकामा सर्वसाधारणहरूको आक्रोसलाई नियन्त्रण गर्न र सम्भावित दुर्घटनाबाट बच्न इलामका प्रहरी कार्यालय पशुपतिनगरबाट इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमो जनपथ प्रहरी टोली खटाईएको थियो । तनावलाई सामयान्य पार्न शसस्त्र प्रहरीको टोलि समेत थप गरिएको थियो ।

पिडित परिवारले कानुनी तथा मुद्धा चलानी गरे पिडित स्वयम्ले न्याय नपाउने भन्दै सरकार पक्षले दवाव र त्रास अपराधीलाई सुरक्षा दिन सुरक्षा निकाय लागिपरेको भन्दै विरोध समेत भएको थियो ।

यसरी प्रहरी प्रशासनको आडमा संवेदनशील घटनालाई बचाउमा स्थानीय सरकार लाग्नुले स्थानीय सरकारमाथि अनेकौं प्रश्न खडा हुन थालेको छ ।

पीडतलाई दिनभर हलमा राखियो

घटनालाई गुपचुप पार्नकै लागि स्थानीय सरकारले पीडित पक्षलाई दिनभर हलबाट बाहिर निस्कन रोक लगाएको थियो । माथिको आदेश भन्दै प्रहरीले मुद्धा नमिलेसम्म पीडितलाई हलबाट बाहिर जान प्रतिवन्ध लगाएको थियो । प्रहरीले छलफल भएको क्षेत्रमा पत्रकार र स्थानीयलाई जान पूर्ण रोक लगाएको थियो ।

दवावमा मिलाईयो, न्याय पाइएन

यस्तो संवेदनशील घटनामा समेत सत्ता र शक्तिको दवावमा आफूह?ले छाड्न बाध्य भएको पीडित पक्षले गुनासो गरेका छन् । उनीह?ले स्थानीय सरकार र प्रशासनले आफूह?लाई न्याय दिलाउनको साटो उल्टै दवावमा मिल्न लगाईएको गुनासो गरेका छन् । ‘पहुँचमा हुनेले जे गर्दा पनि हुँदो रहेछ । सामान्य मानिसको केही नलाग्नदो रहेछ ।’ पीडित भनिएकी किशोरीकी दिदीले गुनासो पोखिन् ।

सम्पर्कमा आउन मानेन्

घटनाका आरोपित प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई र उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक निर्मला दाहाल संचारकर्मीसँग सम्पर्कमा आउन मानेन् । अधिकृत राईले टेलिफोन रिसिभ गरेनन् भने अध्यक्ष र संयोजकले स्वीच अफ गरेर बसेका थिए ।

न्यायिक समितिमाथि प्रश्‍न 

यौन दुर्वव्यहारसँग सम्बन्धित मुद्धालाई न्यायिक समितिले नै गुपचुप पारेको भन्दै न्यायिक समितिमाथि नै प्रश्न उठेको छ । न्यायिक समितिको कार्यक्षेत्र कति भन्ने प्रश्न सर्वत्र उठ्न थालेको छ । दवावमा मेलमिलाप गराएर लिखत समेत गरिएको बुझिएको छ । यस विषयमा न्यायिक समितिका संयोजक निर्मला दाहाललाई सम्पर्क गर्दा टेलिफोनको स्वीच अफ गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार