माइजोगमाई गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण

  नरेन इलामेली
0 Shares

माइजोगमाई: इलामको माइजोगमाई गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ। गाउँपालिकाको १ नम्बर वडा कार्यालयले मंगलबार वडाका ३९ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरेको हो ।
कार्यक्रममा ५ जनालाई पूर्ण अशक्त अपाङ्गता(रातो) परिचय  पत्र , १३ जनालाई अति अशक्त अपाङ्गता (निलो)परिचय पत्र,  ७ जनालाई मध्यम अपाङ्गता ( पहेँलो) परिचय पत्र  र १४ जनालाई सामान्य अपाङ्गता (सेतो) परिचय पत्र  वितरण गरिएको वडा कार्यालय स्रोतले जनाएको छ। साथै सो कार्यक्रम गाउँपालिकाको सबै वडामा गर्ने गाउँपालिकाको जनाएको छ।
 कार्यक्रममा सहभागीहरुले अपाङ्गता रहर नभएर बाध्यता रहेकाले अपाङ्गता भएका व्यक्तिलाई दया माया नभएर काम गर्ने अवसर दिनुपर्नेमा जोड दिए।
साथै राज्यले दिएको सेवा सुविधाबाट सम्म सहज पहुँचका लागि अपाङ्गता परिचय पत्र लिनुपर्ने सहभागीहरुको भनाई रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार