बिप्लवका जिल्ला इन्चार्ज विकसहित १० जना पक्राउ

बाजुरा : नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इन्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् ।

विकलाई बूढीगंगा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाजुरा जिल्ला इन्चार्ज भुपेन्द्र विक, सचिव भरत थापा, महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अंगराज भण्डारी रहेका छन् । विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक, सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेसँगै उनीहरुबाट विभिन्न विस्फोटक पदार्थसमेत जफत गरेको छ । चन्दा संकलन गरेका रसिदसमेत फेला परेका छन् ।

पक्राउ परेकालाई मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार