इलाम :देउमाई नगरपालिकाको मंगलबारेमा सञ्चालित मंगलबारे बहुमुखी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा मेघप्रसाद चौँलागाइँ चयन हुनु भएका छन् ।
शनिवार भएको सञ्चालक समितिको भेलाले चौँलागाइँको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । ११ सदस्यीय समितिको सदस्यहरुमा पुर्णचन्द्र श्रेष्ठ, पदम खनाल, मुनादेवी श्रेष्ठ, पुष्प आचार्य, सुरेन्द्र वस्नेत रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा राजिव प्रदान, देविका गौतम युवराज श्रेष्ठ, उमकान्त शंकर र विष्णु वस्नेत समेत चयन भएका हुन ।