एनसेलबाट तत्काल कर नउठाउन सर्वोच्चको आदेश

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सर्वोच्च अदालतले एनसेलबाट तत्काल कर नउठाउन ठूला करदाता कार्यालयका नाममा आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतको एकल इजलासले बिहीबार एनसेल लाभकर विवादमा यस्तो अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले यही वैशाख २४ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

ठूला कर दाता कार्यालयले एनसेलले ३९ अर्ब ६ करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने भनी कर निर्धारण गरेको थियो ।

एनसेलले भने आफूले १४ अर्ब ३६ करोडमात्र लाभकर बुझाउनुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार