इलाम : धर्म अनुरागी समुह इलामले प्रथम वार्षिक उत्सव शनिबार मनाएकोे छ । इलाम नगरपालिका ८ धोविधारमा एक वर्ष अघि गठन भएको समुहले साप्ताहिक रुपमा भजन किर्तन , सत्संग र आध्यात्मिक प्रवचनको कार्यक्रम गदै आएको छ । वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजन १४ जनालाई सम्मान गरेको छ ।
समुले ७ जना जेष्ठ नागरिकलाई पित्ताम्बर दोसल्ला ओडाएर सम्मान गरेको छ । अग्रजलाई आदर सम्मान गर्ने , सानालाई माया प्रेम र प्रेरणा प्रदान गर्ने भाव सहित अघि बढ्ने समुहको उदेश्य भएकोले जेष्ठ नागरिकलाई सम्मानको कार्यक्रम राखिएको समुहकी कोषाध्यक्ष मञ्जु भारतीले बताइन । सम्मानित हुने जेष्ठ नागरिकमा रघुबीर रसाइली , कुलमान विष्ट , युवराज सुवेदी , मनमाया सुवेदी , प्रवित्रा सुवेदी , हर्कमाया अधिकारी र विष्णुमाया चौहान रहेका छन ।
यसैगरी समुहले आर्थिक र भौति सहयोग गर्ने अन्य ७ जना सेवकहरुलाई सम्मान पत्रले सम्मानित गरेको छ । सम्मानित हुने सेवकहरुमा , गोविन्द सुवेदी , निरोज राउत , निलकमार घिमिरे , ज्ञान बहादुर विष्ट , गणेश सुवेदी , दिपा घिमिरे र शेरबहादुर राउत रहेका रहेका छन ।
कार्यक्रमा भजन तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा रीना घिमिरे , विष्णु भट्टराई , निरोज राउत , मेनुका कार्की , अरुणकुमार महत , धर्म भण्डारी , गणेश राउत र कृष्ण घिमिरेले शुभकामना मन्तव्य राखेक थिए ।
कार्यक्रमको उदघाटन इलाम नगरपालिका ८ का वडाअध्यक्ष होम बहादुर बस्नेतको प्रमुख आतिथ्यता र सुर्य घिमिरेको अध्यक्षता भएको थियो ।
सस्कार र संस्कृतिको सरक्षण गर्दै आध्यामिक जगतको माध्यमबाट समाजको चौतफी विकासमा सहयोग पुग्ने आशाले भजन किर्तन गरौ भन्ने इच्छा भएका स्थानीयबासीको सकृयतामा समुह स्थापना गरीएको समूहकी सचिव सविता पाण्डेले बताइन । यस समुहमा करीब २५ घर परिवार आबद्ध छन । समुहले धोविधारमा रहेको श्री पाथीभरा मन्दिरको प्राङ्गणमा साप्ताहिक रुपमा प्रत्येक शुक्रबार साँझ भजन किर्तन,सत्संग गदै आएको पाण्डेले बताइ ।
समाजमा रहेका हरेक, वर्ग,समुदाय बालबाकिा,युवा र वृद्धवृद्धाहरुमा समेत साझा आध्यामिक चेतनाको मूलथलोको रुपमा यस स्थानलाई चिनाउने उद्देश्यका समुह अघि वढीरहेको बताइएको छ ।सबै जात जातीको साझा फुलबारीको रुपमा रहेको जनाइएको छ ।
आगामी दिनमा जग्गा व्यवस्थापन गदै सत्संग भवन निमार्ण गर्ने समुहको योजना छ ।
समुहले आगामी दिनमा साप्ताहिक भजन किर्तनलाई निरन्तरता दिनेछ भने धार्मिक प्रवचन , सत्संग गरी आध्यात्मिक ज्ञान हासिल गर्ने तर्फ केन्द्रित हुनेछ । विविधतामा एकताको सन्देश प्रवाह गदै समुह अघि वढ्ने छ । समुहकी सचिव सविता पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।