गोरखा भूकम्पपछिको चार वर्ष : ४५ हजार परकम्प

काठमाडौं : २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् ।

भूकम्पविदहरुका अनुसार अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्पन हुन् । २०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले भने उक्त भूकम्पलाई ७.८ म्याग्निच्यूड भनेको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक एवं भूकम्पविद् डा. सोमनाथ सापकोटाका अनुसार २०७२ वैशाख १२ को भूकम्पले मर्स्याङ्दीदेखि सुनकोसी नदीसम्मको जमिनभित्र हल्लाएर धाँजाधाँजा पारेको थियो । अहिले तिनै स्थानमा परकम्प गइरहेका हुन् । –कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार