जिर्णोद्वार गरिएको सिंहबाहिनी मन्दिरसँगै धर्मशालाको उद्घाटन

  सुजता सुनुवार  963 पटक हेरिएको


इलाम : जिल्लाको इलाम नगरपालिकामा जिर्णोदार गरिएको सिंहबाहिनी मन्दिरसँगै धर्मशालाको बुधबार विधिवत रुपमा पुजाआजा गरी उद्घाटन गरिएको छ । उद्घाटन गरिएको धर्मशाला र मन्दिरमा एक करोड १० लाख लगानी भएको मन्दिरका पुजारी बुद्धिप्रसाद दहालले जानकारी दिए ।

मन्दिरमा पित्तलको छाना लगाउने, गजुर राख्ने, त्रिशुल राख्ने र धर्मशाला निमार्ण कार्यमा इलामका समाजसेवीहरु डम्बर खड्का, काठमाडांैमा वसोबास गर्दै आएका राजन बाँस्तोला र रमेश अधिकारीको सहयोगमा मन्दिरको जिर्णोदार गरिनुका साथै धर्मशाला समेत निर्माण गरिएको हो ।
१६ फिट अग्लो त्रिशुल ४६ किलोग्रामको रहेको समाजसेवी खड्काले बताए ।

सन्तान नहुनेलाई सन्तान दिने, सम्पत्ति नहुनेलाई सम्पत्ति दिने र विभिन्न रोगीहरु समेत रोग निको हुन्छ भन्ने विश्वासका साथ मन्दिरमा देश विदेशका पर्यटकहरु आउने गरेको पुजारी दहालले बताए ।

मन्दिर परीसरमा ३६ जना व्राह्मणहरुद्वारा स्वस्तानी वाचन समेत गरिएको थियो । मन्दिरमा पूजाआजा गरिनुका साथै सिंहबाहिनी मन्दिर संरक्षण समितिले आर्थिक सहयोग गर्नुुहुने समाजसेवीहरु खड्का, बाँस्तोला र अधिकारीलाई फुलमाला अविर लगाई दोसल्ला ओडाएर अभिनन्दन समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार