सिमलटारले उपाधि चुम्यो 

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको माङ्सेबुङ गाउँपालिका ४ मा संचालित लस्तरीय फुटबल प्रतियोगिता २०७६ काे उपाधि सिमलटारले जितेको छ ।

सरस्वती आधारभूत विद्यालयको खेल मैदानमा भएकव फाइनलमा मार्चेबुङ टाेललाई ३-१ काे अन्तरले पराजित गर्दै सिमलटारले उपाधि चुमेको हो ।

जितसँगै सिमलटारले २१ हजार १ सय ११ र उपविजेता मार्चेबुङले १५ हजार १ सय नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए । उत्कृष्ट गोलकिपर भविन लिम्बू, म्यान अफ दी म्याच लक्षु लिम्बू, उत्कृष्ठ खेलाडी सन्देश राई, बेस्टउत्कृष्ठ डिफेन्डर  लाेकेन्द्र लिम्बू  घोषित भए ।

पुरस्कार वडा अध्यक्ष अमृत राईले वितरण गरेका थिए । युवा तथा  खेलकुद समिति सिमलटारकाे आयोजनमा ४ नम्बर वडा कार्यलयको प्रायोजनमा गत ६ वैसाखदेखि प्रतियोगिता संचालित थियो ।

फाइनलको अवसरमा महिलाबीचकाे फुटबल प्रतियोगिता र शिक्षक, राजनीतिक टिम बीचकाे समेत खेल समेत भएको थियाे । युवा तथा खेलकुद समितिकाे अध्यक्ष तिलबिक्रम लिम्बू  लिम्बूकाे अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक आशिक शेर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार