३५ दिनमा १२५ थान हतियार बरामद

प्रहरीद्वारा बरामद हातहतियार सार्वजनिक गरिँदै ।

ताप्लेजुङ : ताप्लेजुङ प्रहरीले करिव एक महिनाको अवधिमा एक सय थान बढी हातहतियार बरामद गरेको छ । प्रहरीले पछिल्लो ३५ दिनभित्र एक सय २५ थान विभिन्न हातहतियार बरामद गरेको हो । आपूmसँग भएको हतियार बुझाउन सरकारले चैत १ देखि बैशाख ५ गतेसम्म दिएको ३५ दिने अवधिभित्र प्रहरीले उक्त सङ्ख्यामा वैध तथा अवैध हातहतियारहरु बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सोमबार पत्रकार सम्मेलन गर्दै हतियार सङ्कलनसहित पछिल्लो प्रगतिबारे जानकारी गराएको हो । प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाका अनुसार ३५ दिनको अवभिभित्र ४० थान इजाजत प्राप्त र बाँकी इजाजत नभएका हतियारहरु प्रहरीले बरामद गरेको हो । इजाजत प्राप्त मध्ये १२ बोरको पाँच राउण्ड गोलीसहितका हतियारहरु रहेको प्रनाउ थापाले जानकारी दिए ।

यस्तै अवैध ८५ थानमध्ये १० थान नाल (ब्यारेल) मात्र रहेको पनि उनले बताए । जिल्ला सुरक्षा समितिले जिल्लाभर तीन सय थान इजाजत प्राप्त र तीन सय थान अवैध हतियार रहेको अनुमान लगाएको छ । पछिल्लो राजनीतिक परिस्थति र यहाँको सामाजिक परिवेशका कारण इजाजत प्राप्त हतियार समेत सुरक्षाका दृष्टिले सम्वेदनशील ठानेर केहिले स्वतःस्पूmर्त रुपमा हतियार बुझाएका प्रनाउ थापाले जानकारी दिए ।

आठ महिनामा ६९ फरार प्रतिवादी पक्राउ

यस्तै जिल्ला प्रहरी कार्यालयले पछिल्लो आठ महिनाको अवधिमा ६९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पत्रकार सम्मेलनमार्फत प्रहरी कार्यालयले अदालतले सजाय तोकेका अधिकांस फरार प्रतिवादी पक्राउ गरेर करिव साढे २६ लाख रुपियाँ जरिवाना असुली गरेको पनि प्रहरीले जनाएको छ । त्यस्तै प्रनाउ थापाले एक सय ७९ वर्ष ५ महिना २३ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी समेत पक्राउ परेका बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार