दानपेटिका चोरीमा संलग्‍न कथित पुजारी घिमिरे निष्काशित

  नयाँ बुलन्द
0 Shares

इलाम : विभिन्न घटनामा संलग्न रहेको तथ्य सार्वजनिक भएपछि इलाम नगरपालिका ४ का कथित माईली पाथिभराका स्वघोषित पुजारी झमकबहादुर घिमिरे पुजारीबाट निष्काशित भएका छन् ।

लाखौंको रकम ठगी गरेको सम्बन्धी समाचार कथित माइली पाथिभराको पुजारीको अर्को कर्तुत, ५७ लाख झ्वाम पारेर भागेको पर्दाफास (अडियो संवाद सहित) शीर्षकमा समाचार र मन्दिरमा राखिएको दानपेटिका चोरीमा संलग्न भएपछि कथित माईली पाथिभराको पुजारीको अर्को कर्तुत, दानपेटिका चोरीमा पुजारीकै संलग्‍नता ! शीर्षकमा समाचार नयाँ बुलन्द डटकममा प्रकाशित भएपछि त्यहाँ गठित पाथीभरा संरक्षण समितिले घिमिरेलाई पुजारीबाट निष्काशित गरेको हो । समाचार सार्वजनिक भएपछि स्थानीयले पुजारी घिमिरेलाई हटाउन समितिसमक्ष माग गरेको थियो । चर्को दवावपछि समितिले पुजारी घिमिरेकै कारण धार्मिक क्षेत्रकै बदनामी भएको ठहर गर्दै निष्काशन गरेको जनाईएको छ ।

पछिल्लो पटक विभिन्न कर्तुत ढाकछोप गर्न कथित माईली पाथीभराको नाममा पुजारी बनेका घिमिरेको कर्तुत एकपछि अर्को गर्दै सार्वजनिक भएको थियो । घिमिरेले झापाको मेचीनगर नगरपालिका १४ का ३६ वढी व्यक्ति र वित्तीय संस्थाबाट ५७ लाख ५ हजार २ सय १४ रुपैयाँ ठगी गरी भागेर इलाम आएका थिए ।

इलाममा आएर गत कात्तिकदेखि आफूलाई पाथीभरा माताको शक्ति प्राप्त भएको भन्दै नजिकैको एक खोल्सीमा माईली पाथीभराको स्थापना समेत गरी स्वघोषित पुजारी बनेका थिए । घिमिरेले आफैंले दावी गरेको मन्दिरमा राखिएको दानपेटिका समेत आफैंले चोरी गरेपछि स्वघोषित पुजारी पद समेत गुमाउनुपर्यो ।

घिमिरेले गत वैसाख २ गते राती करिब ३० हजार रुपैयाँ नगदसहित दानपेटिका चोरेका थिए । यसरी घिमिरेको एकपछि अर्को कर्तुत सार्वजनिक हुन थालेपछि स्थानीय सहित जिल्लाबासीहरु घिमिरेको विरोधमा लागेका थिए । कथित माईली पाथीभराको नाममा हज्जारौंलाई वेवकूफ बनाएको भन्दै सामाजिक संजालमा समेत घिमिरेको चर्को आलोचना हुँदै आएको छ ।

कर्तुत ढाकछोप गर्न नक्कली पुजारी

झमकबहादुर घिमिरे आफ्नो यतिका धेरै कर्तुत ढाकछोप गर्न स्वघोषित नक्कली पुजारी भएको खुलेको छ । उनी गत कात्तिक १ गतेदेखि घर नजिकैको खोल्सीमा आफूमा पाथीभरा माताको शक्ति आएको भन्दै तपश्याको नाटक गरेका थिए । आफूमा विभिन्न देवताको दैविक शक्ति आएको भन्दै स्थानीयलाई भ्रममा समेत पारेका थिए ।

केही वर्ष अघि छिमेकीको घरमा चोरी गरेको आरोपमा उनी पक्राउ समेत परेका स्थानीयले बताएका छन् । त्यपछि इलामबाट झापा बसाइसरी गएका घिमिरेले झापामा समेत ५७ लाख बढी झ्वाम पारेर इलाम आएका हुन् ।

नाग निकाल्ने भन्दै हज्जारौंलाई वेवकुफ बनाएका थिए

कात्तिक १ मा घिमिरेले हज्जारौं जिल्लाबासीलाई बेवकुफ बनाएका थिए । दिउँसो १२ बजे नाग निकाल्ने र दर्शन गराउँने ठोकुवा गरेपछी हज्जारौं इलामबासी भेला भए । तर घिमिरेले नाग निकाल्न नसकेपछी स्थानियले आक्रमणको प्रयास गरेका थिए । झुटो प्रचार गरेको भन्दै स्थानीय उनीविरुद्ध खनिएका थिए ।  असुरक्षाको कारण भन्दै प्रहरीले घिमिरेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो ।  त्यति बेलादेखि नै उनको विगतको कर्तुत खोज्न सुरु गरिएको थियो ।

कथित माईली पाथीभराको नाममा भ्रम

पक्राउपछि पनि घिमिरेले भ्रम छर्न छाडेनन् । प्रहरीबाट छुट्नसाथ उनले नजिककैको खोल्सीलाई कथित ‘माईली पाथीभरा’ को नामाङ्करण गरे । ताप्लेजुङको पवित्र पाथीभरा मन्दिरको अवहेलना गर्दै माईली पाथीभरा बनाएको खुलेको छ । त्यहाँका केही स्थानीयले ‘पाथीभरा संरक्षण समिति’ नै गठन गरी घिमिरेको प्रचारमा लागेका थिए ।

तर घिमिरेको एकपछि अर्को कर्तुत सार्वजनिक हुन थालेपछि समिति समेत सशंकित बनेको हो । घिमिरेको विषयमा सामाजिक संजालमा समेत विरोध हुन थालेको छ । ताप्लेजुङको पाथीभरा देवीको नाम जोडेका घिमिरेले पाथीभराकै खिल्ली उडाएको भन्दै सामाजिक संजालमा घिमिरेको चर्को विरोध भइरहेको छ ।

नयाँ बुलन्दको निरन्तर फलोअप 

घिमिरेले आफूमा पाथीभरा देवीको शक्ति प्राप्त भएको बताउँदै हज्जारौंलाई वेवकूफ बनाउँदै कथित माइली पाथीभरा मन्दिर नै स्थापना गरेर ठगी गर्न थालेपछि नयाँ बुलन्द डटकमले फलोअप गर्न थालेको थियो । हज्जारौं भक्तजनहरुलाई दिनानुदिन पाथीभराको नाममा ठगी गर्न थालेपछि नयाँ बुलन्दले घिमिरेको विगत र वर्तमान खोजी गर्न थालेको थियो । त्यही क्रममा झापाबाट ५७ लाख बढी झ्वाम पारी इलाम आएको र नक्कली पूजारी बनेका थिए । कथित माइली पाथिभराको पुजारीको अर्को कर्तुत, ५७ लाख झ्वाम पारेर भागेको पर्दाफास (अडियो संवाद सहित) सो समाचार नयाँ बुलन्दमा प्रकाशित भएको सेलाउन नपाउँदै घिमिरेले फेरी दानपेटिका नै चोरी गरेपछी नयाँ बुलन्दले कथित माईली पाथिभराको पुजारीको अर्को कर्तुत, दानपेटिका चोरीमा पुजारीकै संलग्‍नता ! शीर्षकमा समाचार प्रकाशन गरेको थियो । यसरी घिमिरेको एकपछि अर्को कर्तुत नयाँ बुलन्दमा सार्वजनिक भएपछि स्थानीयले पुजारीबाट हटाउा व्यापक विरोध सुरु गरेका थिए । चर्को विरोधपछि संरक्षण समितिले घिमिरेलाई पुजारीबाट निष्काशित गरेको हो ।

यसअघि प्रकाशित घिमिरेसँग सम्बन्धित समाचार पनि पढ्नुहोस् :

कथित माईली पाथिभराको पुजारीको अर्को कर्तुत, दानपेटिका चोरीमा पुजारीकै संलग्‍नता !

कथित माइली पाथिभरा मन्दिरको दान पेटिका रातारात गायब

कथित माइली पाथिभराको पुजारीको अर्को कर्तुत, ५७ लाख झ्वाम पारेर भागेको पर्दाफास (अडियो संवाद सहित)

कथित माइली पाथिभराको पुजारीको कर्तुत सार्वजनिक हुँदै

एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार