इलाममा मानव अधिकार शिक्षा कार्यक्रम

  नयाँ बुलन्द  149 पटक हेरिएको

इलाम : इलाममा एक दिने मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मानव अधिकार संगठन इलामको आयोजनामा भएको कार्यक्रममा सुरक्षाकर्मी, संचारकर्मी, कानुन व्यवसायी, जनप्रतिनिधि सहित ४० बढीको सहभगिता थियो ।

सहभागीहरुलाई संविधानविद दिनेश त्रिपाठी र प्राध्यापक डा गोविन्दप्रसाद ढकालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा मानव अधिकार र नेपालको राष्ट्रिय कानुन, मानव अधिकार र अन्तरराष्ट्रिय कानुन, मानव अधिकार र सुशासन, मानव अधिकार र संघीयता, मानव अधिकार र विपद व्यवस्थापन, मानव अधिकार र दीगो विकास लक्ष्य लगायतको विषयमा छलफल भएको थियो ।

कार्यक्रम नेपाल मानव अधिकार सङगठन इलामका अध्यक्ष सोम सुसेलीको अध्यक्षता र विष्णु लिम्बू दाहालको प्रमुख आतिथ्यतामा भएको थियोे ।

समापनको अवसरमा सहभागिको तर्फबाट इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठ, पुर्ण गौतम र शुशिला सपकोटाले प्रतिक्रिया मन्तव्य राखेला थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार