संघीय समाजवादी झापा समन्वय समितिको भेला हुँदै

  नयाँ बुलन्द
0 Shares

झापा : सङ्घीय समाजवादी फोरम, नेपालको झापा जिल्ला समन्वय समिति गठन बैशाख १० गते दमकमा हुने भएको छ ।

शनिबार सम्पन्न ससफो झापा जिल्ला कार्य सम्पादन समितिको बैठकले दमकस्थित किरात भवनमा जिल्ला समन्वय समिति गठनको लागि भेला आयोजना गर्ने निर्णय गरेको अध्यक्ष धिरेन सुब्बा लावतीले जानकारी दिएका छन् । लावतीले झापाको ६ नगरपालिका र ५ गाउँपालिकामा पार्टीको तहगत अधिवेशन सम्पन्न भैसकेको र सोही अधारमा जिल्ला समन्वय समिति भेला सम्पन्न गर्न लागिएको बताए ।

ससफो नेपालको सातौं केन्द्रीय बैठकले पार्टीको पहिलो राष्ट्रिय एकताको महाधिवेशन आउँदो बैशाख २८, २९ र ३० गतेलाई तोकेसँगै जिल्ला समन्वय समिति गठन कार्यले तिव्रता पाएको हो ।

अब गठन हुने पार्टीका जिल्ला समितिहरु कार्यकारी नभइ समन्वयकारी हुने सातौं बैठकले निर्णय गरेको छ । ससफो झापा सचिव सुशील राईका अनुसार दमक, गौरादह, शिवसताक्षी, बिर्तामोड, भद्रपुर र मेचीनगर नपामा अधिवेशन सम्पन्न भैसकेका हुन् भने कमल, गौरीगन्ज, हल्दीबारी, बुद्धशान्ति र झापा गापामा अधिवेशन सकिएको हो ।

शनिवारको कार्य सम्पादन बैठकले अधिवेशन गर्ने मापदन्ड नपुगेका तर कृयाशील नवीकरण अध्यावधि भएका कचनाकवल र बाह्रदशी गापालाई जिल्ला समन्यव समिति गठन भेलामा १/१ ज्क्नाका दरले प्रतिनिधित्व गराइने निर्णय भएको सचिव राईले बताए । अधिवेशन सम्पन्न भएका नपा र गापाबाट भने अध्यक्ष अनिवार्यसहित सम्बन्धित स्थानीय तह समितिका एक महिला र एक खुल्ला गरि ३ जनाले जिल्ला समन्वय समिति गठन भेलामा प्रतिनिधित्व गर्न पाउने प्रावधान छ ।

पार्टीको केन्द्रीय कार्यविधि अनुसार गापा/नपा अधिवेशनका लागि सम्बन्धित गापा/नपाका बहुसंख्यक वडा अधिवेशन सम्पन्न भएको हुनुपर्ने मापदन्ड तोकेको छ । वडा अधिवेशन हुन कम्तिमा ११ जना कृयाशील सदस्यहरुको भेला आवश्यक हुन्छ । झापाका अर्जुनधारा र कनकाई नपाले भने कृयाशील सदस्यता अध्यावधि नगरेको पाइएको छ । यी दुई नपा भने जिल्ला समन्वय समिति गठन भेलामा छुट्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार