शिक्षक युनियन देउमाई संयोजकमा गौतम

  नन्दन लिम्बू  211 पटक हेरिएको

देउमाई : देउमाई नगरपालिकाकको भानुभक्त माध्यमिक बिध्यालयमा हरि प्रसाद गौतमको संयोजकत्वमा सात सदस्यीय माध्यमिक शिक्षक युनियन समिती बनेको छ ।

समितिमा संयोजक भानुभक्त माध्यमिक बिध्यालयका हरि प्रसाद गौतम चुनिनु भएको थियो भने विभिन्न स्कुल बाट क्रमश दुर्गा प्रसाद बराल,हरि प्रसाद पौडेल,प्रेमलाल घिमिरे,डिल्ली खनाल,गीता राम खनाल र गोपाल पोख्रेल रहेका छ्न।

माध्यमिक तह कक्षा ११ र १२ अध्यापन गर्ने शिक्षक हरुको न्यायोचित हक अधिकारको लागि सो नगर स्तरिय समिती बनेको समिती संयोजक हरि प्रसाद गौतमले बताए ।

आजको बैठकमा प्लस टु शिक्षकहरुको एकता र अस्तित्वका लागि एक जुट हुन नगरभित्रका मा बि अस्थायी शिक्षकहरुको महिनाको नियमित एक पटक बैठक बस्ने र मासिक रुपमा रकम संकलन गरि जिल्ला समितिको खातामा राख्ने निर्णय भएको छ ।

यस्तै  शिक्षक हरुको नियमित सम्पर्क र छ्लफल गर्न मासिक रुपमा भिन्न भिन्न स्कुलमा बैठक बस्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार