देउमाई गोल्डकप : रेडस्टार झापा दोस्रो चरणमा प्रवेश

  नयाँ बुलन्द  230 पटक हेरिएको

इलाम : रेडस्टार फूटवल क्वल इलामको मंगलबारेमा जारी चौथो देउमाई गोल्डकपको दोस्रो चरणमा प्रवेश गरेको छ ।

शनिवार भएको उद्घाटन खेलमा आयोजक त्रिभेणी युथक्लव मंगलबारेलाई एकका विरुद्ध दुई गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

जितका लागि खेलको दोस्रो मिनेटमा रेडस्टारका जर्सी नम्वर ३ का विकास थुलुङले गरेका थिए । त्यस्तै दोस्रो हाफको १८ औँ मिनेटमा जर्सी नम्वर ५ का पुजन उपरकोटीले अर्को गोल गर्दै नतिजा दोब्बर बनाएका थिए ।
यता आयोजकका तर्फबाट सान्त्वना गोल खेलको २१ औँ मिनेटमा जर्सी नम्वर ११ का मनिस राईले गरेका थिए ।

खेलको म्यानखफदि म्याच आयोजक का विशाल तामाङ घोषित हुँदै नगद २५ सय र ट्रफी प्राप्त गरे ।
भोलीको खेल मुनाल क्लव चन्द्रगडी झापा र सुनसरी फूटवल क्लवविच हुने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितामा भारतका एक सहित नेपालका आठ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आगामी बैशाख १४ गते हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार