ढापपोखरी महोत्सवको सम्पुर्ण तयारी पुरा

फोटो फिचर

इलाम : ढापपोखरीसहित सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्रको विकास गर्ने उदेश्यले भाेली बाट सञ्चालन हुने पाँचौ ढापपोखरी महोत्सवको तयारी पुरा भएकाे छ ।

अतिथि व्ययवस्थापन, फिसिङ, सांस्कृतिक कार्यक्रम, प्रचार, स्टल व्यवस्थापनलगायत एक दर्जन उप समिति गठन गरिएको छ ।

२०७२ सालमा स्थानीय प्रयासमा पोखरी संरक्षण र विस्तार थालिएपछि वर्षेनी महोत्सवको आयोजना गरिदै आएको हो ।

कूल २५ लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवमा विभिन्न दाता र प्रायोजक रहेकाे महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा सन्दकपुर ५ का वडाध्यक्ष जितवहादुर साँवाले जानकारी दिए ।
५० रोपनी क्ष्ँेत्रफलमा फैलिएको पोखरीमा डेढ वर्ष अघिदेखि नै डुङ्गा सञ्चालनको व्यवस्था मिलाइएको छ ।

महोत्सवका प्रमुख आर्कषणको रुपमा डुङ्गा सवारीलाई राखिएको छ । त्यस्तै जिल्लामा नै पहिलो पटक फिसिङको व्यवस्था गरिने भएको छ । पोखरीमा ८ हजार धेरै माछा रहेकाले महोत्सवमा आउनेले समितिको नियम र परिधीभित्र रहेर फिसिङ गर्न सक्नेछन् ।

त्यस्तै घोडा सवारी, रेडपाण्डासहित दुर्लभ जनवार जैविक विविधता भएको हाँगेथाम र चोयाटार क्ष्ँेत्रको सफारी जस्ता कार्यक्रम महोत्सवमा राखिएको छ । सांस्कृतिक, खेलकूद कार्यक्रमसहितको रमाइलो मेलाले पनि पर्यटक लाई लोभ्याउले आयोजक चन्द्रपाल थेप ढाप सिमसार संरक्षण समितिले जनाएको छ ।

महोत्सवमा स्थानीय खानाका परिकारसहित, सागसब्जी, जटिवुटी, घिउछुर्पी र चियाका स्टहरुसमेत राखिने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार