इलाम : इलाम नगरपालिका वडा नम्बर ४ धारापानी नजिक जङ्गलमा रहेको कथित माइली पाथिभरा मन्दिरको दान पेटिका रातारात गायब भएको छ । पुजा गर्ने स्थान नजिकै मन्दिरलाई सहयोग गर्न चहाने भक्तजनहरुका लागि राखिएको दान पेटिका बिहान उक्त स्थानमा नभेटीए पछी मन्दिर संरक्षण समितिले पेटिकाको खोजी गरेको थियो ।
हराएको दान पेटिकाको खोजी गर्ने क्रममा पत्ता लागिसकेको भए पनि आधिकारिक रुपमा कस्ले चोरेको हो भन्ने पुष्ठि नभएको र अनुसन्धान भइरहेकाले नाम सार्बजनिक गर्न बाकी रहेको समितिका सचिव सुर्य रिजालले बताए । उनका अनुसार दान पेटिकामा करिब २५/३० हजार रुपैयाँ रहेको बताईएको छ ।
यस्तै सोही मन्दिरका पुजारी झमकबहादुर घिमिरेलाई केही दिन अघि झापा मेचीनगर १४ का ३६ जना स्थानियले आफुहरुबाट ५७ लाख रुपैयाँँ भन्दा बढी ठगी गरेर भागेको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेका थिए । उजुरी पछी घिमिरेलाई पक्राउ गरि इलामबाट झापा लगिएको थियो ।
छलफलका लागि इलाका प्रहरी कार्यालय धुलाबारीले घिमिरेलाई मेचीनगरपालिका वडा नम्बर १४ लाई जिम्मा लगाएको थियो । वडा कार्यालयले पीडित समेतको उपस्थितिमा छलफल गरी सम्पूर्ण रकम फिर्ता गर्ने सहमती गर्दै वडा कार्यलयको रोहबरमा तमसुक गरी घिमिरेलाई छाडिएको थियो ।
तमसुकमा घिमिरेले २०७६ असोजदेखि ०७७ असोजसम्म लिएको ऋण साँवा र ब्याजसहित तिर्न नसके आफ्नो पैत्रिक सम्पतिबाट असुल उपर गरिने उल्लेख छ ।
घिमिरेले विभिन्न ब्यवसाय गर्ने बहानामा झापामा धेरैको रकम ठगेपछी इलाम आएर पाथीभराको नाममा अर्को ठग धन्दा चलाउन खोजेको स्थानियको भनाइ छ ।
पछिल्लो समय झापामा बस्दै आएका घिमिरे आफुमा पाथिभरा माताको शक्ति आएको भन्दै केही महिना अघि इलाम आएका हुन ।
यसअघिका सम्बन्धित समाचार पनि पढ्नुहोस् :
एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)
एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)
एक यस्तो व्यक्ति, जसले हज्जारौं इलामेलाई बेकुफ बनाए (फोटोफिचर र भिडियो सहित)