ससफो प्रदेश १ को अधिवेशन वैसाख १५ र १६ गते विराटनगरमा

  नयाँ बुलन्द
0 Shares

इलाम : सत्ता साझेदारी दल संघीय समाजवादी फोरम (ससफो) नेपाल प्रदेश १ को अधिवेशन विराटनगरमा हुने भएको छ ।

ससफोको ऐतिहासिक एकता प्रदेश अधिवेशन आगामी वैशाख १५ र १६ गते विराटनगरमा हुने भएको हो । अधिवेशनमा १४ वटा जिल्लाका करिब ५ सय जना प्रतिनिधि हुनेछन् । १० वटा जिल्लाको अधिवेशन हालसम्ममा भइसकेको छ ।

अधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । अतिथि सत्कारमा पर्शुराम बस्नेत, आर्थिक व्यवस्थापनमा केशरमान गुरुङ, प्रचारप्रसारमा कमन देवान, प्रतिनिधि ब्यवस्थापनमा सिद्धान्त राई, स्वयंसेवक परिचालनमा बिनोद नेम्बाङ, आवास व्यवस्थापनमा प्रबिन चाम्लिङ, हल र भोजन व्यवस्थापनमा राजकुमार यादव, राजनीति एवं साङ्गठानिक प्रतिबेदनमा सनबहादुर राईलाई जिम्मा दिइएको छ ।

ससफोको प्रथम राष्ट्रिय महाधिवेशन आगामी वैशाख २८ गतेदेखि प्रदेश नं २ को जनकपुरमा हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार